सुदूर नेपाललाई विश्वसँग जोड्दै

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक युवतीको मृत्यु

२०७९ असार ११, ०७:१३ खबर संवाददाता

नेपालगन्ज: ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक युवतीको मृत्यु भएको छ। बाँकेको राप्ती सोनारी गाउँपालिका–९ स्थित पूर्व–पश्चिम राजमार्गमा ट्रक र मोटरसाइकल ठोक्किँदा एक महिलाको मृत्यु भएको हो। 

कोहलपुरतर्फ आइरहेको ना५ख ४२०४ नंको ट्रकले भे११प ७०५ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार बाँकेको बैजनाथ गाउँपालिका–२ निवासी २८ वर्षीया दीपिका खत्रीको मृत्यु भएको प्रहरीले बताएको छ।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी दीपिकाको उपचारका क्रममा शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको थियो। दुर्घटनामा मोटरसाइकल चालक दीपिकाका श्रीमान ३५ वर्षीय दिलबहादुर कटुवाल घाइते भएका छन्। ठक्कर दिने ट्रक र चालक नवीन आचार्यलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ। 

कमेन्ट लोड गर्नुस