सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘हाम्रो धनगढी हामी बनाउँछौं’ अभियान जारी

२०७९ असार ११, ०६:३७ खबर संवाददाता

धनगढीः धनगढीमा टोल सरसफाइ अभियान अन्तरगत आज शनिबार पनि सरसफाई गरिएको छ। ‘हाम्रो धनगढी हामी बनाउँछौं’ भन्ने नाराका साथ धनगढी उपमहानगरपालिका १ मा सरसफाइ गरिएको हो।

कैलाली उद्योग वाणिज्य संघले गत वर्ष आयोजना गरेको महोत्सवस्थल र वरपरका स्थानमा स्थानीयले सरसफाई गरेका हुन्। उक्त अभियानमा धनगढीका मेयर गोपाल हमाल पनि सहभागी भएका थिए। उक्त अभियान अन्तरगत वडाका अन्य टोलमा समेत सरसफाइ गरिने समितिले बताएको छ।

 

कमेन्ट लोड गर्नुस