सुदूर नेपाललाई विश्वसँग जोड्दै

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

२०७९ असार ११, ०६:१० खबर संवाददाता

काठमाडौंः टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। काठमाडौं महानगरपालिका १५ अन्‍नपूर्ण चोकमा गएराति टिपरले मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले बताएको हो। बा २ क ७२९३ नम्बरको टिपरले बागमती प्रदेश ०२ ०१७ प ०९६८ नम्बरको मोटरसाइकललाई ठक्‍कर दिँदा मोटरसाइकल चालक सिन्धुली कमलामाई नगरपालिका ३ घर भई हाल काठमाडौं कंलकी बस्ने ४२ वर्षीय फडिन्द्रबहादुर कार्कीको मृत्यु भएको प्रहरीले बताएको छ। 

दुर्घटनामा गम्भीर घाइते भएका उनको मनमोहन मेमोरियल अस्पताल स्वयम्भूमा उपचारको क्रममा मृत्यु भएको हो। टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
 

कमेन्ट लोड गर्नुस