सुदूर नेपाललाई विश्वसँग जोड्दै

कारागारमा एक कैदीको मृत्यु

२०७९ असार ११, ०५:५४ खबर संवाददाता

सिन्धुपाल्चोकः कारागारमा एक कैदीको मृत्यु भएको छ। जबरजस्ती करणी र ज्यान मार्ने अभियोगमा पुर्पक्षका लागि थुनमा रहेका पाँचपोखरी थाङ्पाल गाउँपालिका–५ का ४९ वर्षीय मइते गोलेको मृत्यु भएको हो।

शनिबार बिहान रिङ्गटा लागेर ढलेका गोलेलाई उपचारका लागि चौतारा अस्पताल लगिएको केही समयमै मृत्यु भएको प्रहरीले बताएको छ।  गत कात्तिक महिनामा प्रहरीले गोलेलाई पक्राउ गरी थुनामा राखेको थियो। मृतकको आफन्त आइपुगेपछि शवपरीक्षण गरिने अस्पतालले जनाएको छ।

कमेन्ट लोड गर्नुस