सुदूर नेपाललाई विश्वसँग जोड्दै

एकीकृत समाजवादी लुरे देखिए पनि बाघ होः खनाल

२०७९ असार ११, ०५:३२ खबर संवाददाता

धनगढीः नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले विचारमा क्रान्तिकारीता भए लुरे देखिने मान्छे पनि बाघ भएर निस्किने बताए।

उनले लेनिनले क्रान्तिकारी विचारले मात्रै क्रान्ति गर्न सक्ने बताएको स्मरण गराए। उनले आज कार्की ब्याङ्क्वेट बबरमहलमा आयोजित नेकपा एकीकृत समाजवादीको चौथो केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै सम्मानित नेता खनालले नेकपा एकीकृत समाजवादी बुर्जुवा शक्तिको प्रतिपक्षीको रूपमा समाजवादी क्रान्तिको बाहक ध्रुवको रूपमा बलियो पार्टी निर्माण गर्नुपर्ने बताए।

कमेन्ट लोड गर्नुस