सुदूर नेपाललाई विश्वसँग जोड्दै

पोखरीमा डुबेर दुई जनाको मृत्यु

२०७९ असार ११, ०४:१७ खबर संवाददाता

काठमाडौँ: धनकुटा नगरपालिका ६ पात्ले खोलामा पोखरीमा डुबेर शनिबार दुई किशोरको मृत्यु भएको छ। पोखरीमा डुबेपछि घाइते बनेका उनीहरूको उपचारको क्रममा शनिबार मृत्यु भएको हो।

धनकुटा एग्रो टुरिजम एन्ड फनभ्यालीमा रहेको पोखरीमा पौडी खेल्ने क्रममा धनकुटा ५ का १५ वर्षीय स्वर्णीम राई र धनकुटा २ घर भई धनकुटा ७ मा डेरा गरी बस्ने उदय राई डुबेका थिए। त्यसपछि उनीहरूलाई शनिबार नै उद्धार गरी जिल्ला अस्पताल धनकुटा पु¥याइएको थियो।


 

कमेन्ट लोड गर्नुस