सुदूर नेपाललाई विश्वसँग जोड्दै

'जिमभित्र फलाम उचालेर बोसो घटाउनुभन्दा पानीका लागि श्रम गरौं'

२०७९ असार ११, ०४:०४ खबर संवाददाता

काठमाडौं: धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले युवाहरुलाई खानेपानीका लागि श्रम गर्न आग्रह गरेका छन्। खानेपानीका लागि निरन्तर संघर्ष गर्दै स्वतन्त्र रुपमा मेयरमा निर्वाचित साम्पाङले आफ्नो फेसबुक पेजमार्फत यस्तो अपिल गरेका हुन्।

उनले फेसबुकमा लेखेका छन्, ‘दिनभरी जिमभित्र फलाम उचालेर बोसो घटाउने युवाहरूलाई पकुवा खोलामा प्राकृतिक वातावरणमा शारीरिक श्रम गरेर धरानलाई पानी खुवाउन सहयोग गर्न आव्हान गर्दछु।’  उनले पकुवा खोलामा प्राकृतिक वातावरणमा शारीरिक श्रम गरेर धरानलाई पानी खुवाउन अपिल गरेका हुन्।

 

कमेन्ट लोड गर्नुस