सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा साढे ५ लाख बढीको अवैध सामानसहित अटोरिक्सा बरामद 

२०७९ असार ११, ०२:४० खबर संवाददाता

धनगढीः धनगढीमा प्रहरीले ५ लाख बढीको अवैध सामानसहित अटोरिक्सा बरामद गरेको छ। शनिबार धनगढी त्रिनगरबाट खटिएको सशस्त्र प्रहरीको टोलीले त्रिबेणीघाट ईलाकाबाट उक्त सामान बरामद गरेको हो। 

प्रहरीका अनुसार भारतबाट अवैध रुपमा भन्सार छली नेपाल ल्याउँदै गरेको कपडा, चप्पल र अटोरिक्सा बरामद गरिएको हो। से१ ह ११८१० ईअटोरिक्सा र (पेट्रोल अटो) से१ स ३६५९ बाट कपडा र चप्पल बरामद गरिएका हुन्। करिब ५ लाख ५७ हजार ३६० बराबरको सामान बरामद गरेर आवश्यक कारबाहीको लागि कैलाली भन्सार कार्यालय त्रिनगरमा बुझाएको प्रहरीले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस