सुदूर नेपाललाई विश्वसँग जोड्दै

कमल थापा र प्रेम आले धनगढीमा, के गर्दैछन् ? 

२०७९ असार ११, ०१:५४ खबर संवाददाता

धनगढीः राप्रपा नेपालका अध्यक्ष कमल थापा र पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री प्रेम आले धनगढी आएका छन्। आज (शनिबार) थापा र आले सुदूरपश्चिम प्रदेशको अस्थायी मुकाम धनगढी पुगेका हुन्। 

धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले उनीहरुको विमानस्थलमा पुगेर स्वागत गरेका थिए। राप्रपा नेपालका अध्यक्ष थापा पार्टीका कार्यकर्तासँग  सुदूरपश्चिम प्रदेशस्तरीय अन्तरक्रिया गर्न यहाँ आइपुगेको राप्रपा नेपाल कैलालीका नेताहरुले बताएका छन्। यस्तै पर्यटनमन्त्री आले भने धनगढी विमानस्थलमा बनाइएका विभिन्न संरचनाको शिलान्यास गर्न धनगढी आएको बताइएको छ। 

कमेन्ट लोड गर्नुस