सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रेम आलेसहित समाजवादीका ६ सांसदले गरे हस्ताक्षर फिर्ता

२०७९ असार ११, ०१:१२ खबर संवाददाता

धनगढीः नेकपा एकीकृत समाजवादीका लिखित निवेदन दिएका १० जनामध्ये ६ जनाले हस्ताक्षर फिर्ता गरेका छन्। पार्टीका अध्यक्ष माधवकुमार नेपालसमक्ष संसदीय दलको बैठक बोलाउन माग गर्दै लिखित निवेदन दिएका थिए।

सांसदहरू पर्यटनमन्त्री प्रेम आले, कृष्णलाल महर्जन, गोपालबहादुर बम,वीनादेवी बुढाथोकी, पुष्पाकुमारी कर्ण कायस्थ, धनबहादुर बुढाले हस्ताक्षर फिर्ता गरेका बताइएको छ।  एकीकृत समाजवादीका नेता सोमप्रसाद पाण्डेकाअनुसार अन्य बाँकीलाई हस्ताक्षर फिर्ता गराउने तयारी भइरहेको छ।

संसदीय समितिको बैठक माग गर्दै, प्रेम आले, विरोध खतिवडा, रामकुमारी झाँक्री, गोपालबहादुर बम, बिनादेवी बुढाथोकी, पुष्पाकुमारी कर्ण कायस्थ, धनबहादुर बुढा, निरा जैरु, कृष्णबहादुर श्रेष्ठ, कृष्णलाल महर्जनले लिखित निवेदन अध्यक्ष नेपालसमक्ष दिएका थिए।

कमेन्ट लोड गर्नुस