सुदूर नेपाललाई विश्वसँग जोड्दै

ओली प्रधानमन्त्री छाड्न तयार हुँदा पनि प्रचण्ड मान्नुभएनः वामदेव 

२०७९ असार ११, १२:२३ खबर संवाददाता

काठमाडौंः नेकपा एकता राष्ट्रिय अभियानका संयोजक तथा राष्ट्रियसभा सदस्य वामदेव गौतमले पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओलीमाथि लगाएको १९ पृष्ठ लामो आरोप फिर्ता लिएको भए तत्कालीन नेकपा विभाजन नहुने दाबी गरेका छन्। 

नेकपा एकता राष्ट्रिय अभियानको राष्ट्रिय भेलालाई सम्बोधन उनले ओलीले प्रधानमन्त्री छाड्न तयार भए पनि प्रचण्डले आरोपपत्र फिर्ता ल्याउन नमानेको बताए। उनले भने, ‘०७७ पुस ४ गते ओली र प्रचण्डको बीचमा वार्ता भइरहेको बेलामा मलाई बोलाउनुभयो। ओलीले म पार्टी एकताको लागि के त्याग गर्नुपर्छ गर्छु एकता जोगाऔँ भन्नुभयो। तपाईंहरूले मेरोविरुद्ध राखेको आरोप फिर्ता लिनुस्। दुई पदमध्ये एक पद छाड्छु भन्नुभयो। तर, प्रचण्डले अस्वीकार गर्नुभयो।’ 

ओलीले आफूले भनेको व्यक्तिलाई निर्वाचनबाट राष्ट्रियसभामा ल्याएर प्रधानमन्त्रीको उम्मेदवार बनाएपछि आफूले प्रधानमन्त्रीबाट राजीनामा दिने बताएको उनको भनाइ छ।

कमेन्ट लोड गर्नुस