सुदूर नेपाललाई विश्वसँग जोड्दै

ट्र्याक्टर दुर्घटना हुँदा एक महिलाको मृत्यु, दुई घाइते 

२०७९ असार ११, ११:४१ खबर संवाददाता

काठमाडौं: तेह्रथुमको लालीगुराँस नगरपालिकामा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। गएराति नगरपालिकाको लसुनेबाट वसन्तपुरतर्फ जाँदै गरेको प्रदेश १–०२–००३ त नम्बरको ट्र्याक्टर वसन्तपुर बजार छेउ जिरो प्वाइन्टमा दुर्घटना हुँदा ट्र्याक्टरमा सवार लालीगुराँस–७ सुङनामकी ४६ वर्षीया पवित्राकुमारी मगरको मृत्यु भएको प्रहरीले बताएको छ।

त्यस्तै चालक २२ वर्षीय जयन्तकुमार लिम्बू र ट्र्याक्टर सवार २२ वर्षीय ललितकुमार मगर घाइते भएका जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। गम्भीर घाइते भएका दुवैलाई विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको प्रहरीले बताएको छ। 
 

कमेन्ट लोड गर्नुस