धनगढीको लक्ष्मी बुद्धनगर टोलमा स्थानीयद्वारा सरसफाइ
२०७९ असार ११, ११:१२
धनगढी: धनगढी उपमहानगरपालिका-१ स्थित लक्ष्मी बुद्धनगर टोलमा स्थानीयले सरसफाइ गरेका छन्। शनिबार स्थानीयले टोल वस्तीमा फोहोरमैला एवं सडक नाली सफाइ गरेका हुन्।
यसअघि पनि धनगढीको वडा नम्बर १ मा मस्जिद गल्ली वरपरको स्थानमा सरसफाइ गरिएको थियो। ‘हाम्रो धनगढी हामी बनाउँछौं’ भन्ने नाराका साथ त्यहाँ सरसफाइ गरिएको बताइएको थियो।
कमेन्ट लोड गर्नुस