सुदूर नेपाललाई विश्वसँग जोड्दै

पोखरामा बाढी पहिरोले डेढ सय घर डुबानमा 

। फोटो स्रोत ।
२०७९ असार ११, १०:४७ खबर संवाददाता

काठमाडौं: शुक्रबार साँझदेखि परेको अविरल वर्षाका कारण पोखराका विभिन्न ठाउँमा पहिरो र बाढीले बस्ती डुबानमा पारेको छ। पोखराको वडा नम्बर २५ सुईखेतमा डेढ सय घर डुबानमा परेका छन्।

वडाध्यक्ष मोतीराज तिमिल्सिनाका अनुसार त्यहाँका डेढ सय घरका प्रभावितलाई सुरक्षित ठाउँमा सारिएको छ। मानवीय क्षति भने नभएको र सडक बगाएका कारण यातायात अवरुद्ध भएको प्रहरीले बताएको छ।

कमेन्ट लोड गर्नुस