सुदूर नेपाललाई विश्वसँग जोड्दै

गम्छाले घाँटी कसेर श्रीमतीको हत्या 

सांकेतिक तस्बिर
सांकेतिक तस्बिर
२०७९ असार ११, ०९:१८ खबर संवाददाता

काठमाडौं: अर्घाखाँचीको मालारानी गाउँपालिका–२ डाँडाकटेरीमा एक पुरुषले आफ्नै श्रीमतीको हत्या गरेका छन्। २७ वर्षीय कमल भुसालले २७ वर्षीया श्रीमती सरु भट्टराई भुसालको हत्या गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक अर्जुन पौडेलले बताए।

आफूहरु दुबै जना घरबाट नजिकैको जङ्गलमा घाँस दाउरा लिन गएको र आफूले कम्मरमा बाँधेको गम्छाले श्रीमतीको घाँटी कसेर मारी नजिकैको खोल्सीमा स्याउलाले ढाकेर ‘श्रीमतीको हत्या गरेँ’ भनी भुसाल आफैँ इलाका प्रहरी कार्यालय खनमा गएका थिए। प्रहरी निरीक्षक पौडेलले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए। 

कमेन्ट लोड गर्नुस