सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा हल्कादेखि मध्यम वर्षा, मनसुनी वायु सक्रिय हुन अझै समय लाग्ने

फाइल फोटो
फाइल फोटो
२०७९ असार ११, ०८:३३ खबर संवाददाता

धनगढी: हाल सुदूरपश्चिम प्रदेशका भू–भागमा स्थानीय वायु र पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

अब सुदूरपश्चिम प्रदेशमा मात्रै मनसुनी वायु पुग्न बाँकी रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। प्रदेशमा एक/दुई दिनभित्रै मनसुनी वायु पुगेर सक्रिय हुने अनुमान गरिएको छ। महाशाखाका अनुसार देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ।

हाल प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ। लुम्बिनी र गण्डकी प्रदेशका धेरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा र बाँकी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रदेश १ को एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले शनिबार जारी गरेको बुलेटिनमा उल्लेख छ। राती देशभरका पहाडी भू–भागका धेरै स्थानहरुमा र बाँकी भू–भागका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको बुलेटिनमा उल्लेख छ।

कमेन्ट लोड गर्नुस