सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा लागूऔषधसहित एकजना पक्राउ

२०७९ असार १०, ०९:०० खबर संवाददाता

कैलालीः कैलालीमा लागूऔषधसहित एकजना पक्राउ परेका छन्। टिकापुर नगरपालिका ९ खक्रौलाबाट ६ सय ६० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ र ५ पिस नाईट्राभेटसहित एकजना पक्राउ परेका हुन्। पक्राउ पर्नेमा सोही नगरपालिका ३ कटानपुर बस्ने २९ वर्षीय सागरकुमार बिकलाई शुक्रबार बिहान पक्राउ गरेको प्रहरीले बताएको छ।

उनलाई से ३ प ३१२१ नम्बरको मोटरसाइकलमा सवार सागर कुमारलाई खक्रौलास्थित चेकपोष्टमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा आफ्नो संवेदनशील अंगमा लुकाई ल्याएको उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको प्रहरीले बताएको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

कमेन्ट लोड गर्नुस