सुदूर नेपाललाई विश्वसँग जोड्दै

बालयौन दुरुपयोग गरेको अभियोगमा एकजना पक्राउ

२०७९ असार १०, ०७:५३ खबर संवाददाता

झापाः बालयौन दुरुपयोग गरेको अभियोगमा एकजना पक्राउ परेका हुन्। १४ वर्षीया बालिकालाई बालयौन दुरुपयोग गरेको अभियोगमा मेचीनगर नगरपालिका १० खयरडाँगी शान्ती टोल बस्ने ३५ वर्षीय संजिव बराललाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

बरालले ती बालिकालाई मेची अस्पताल धुलाबारीबाट मोटरसाइकलमा राखी घरतर्फ लाने क्रममा मेचीनगर नगरपालिका १० नन्दा पेट्रोल पम्प पछाडि लगेर असार ६ गते साँझ बालयौन दुरुपयोग  गरेको आरोपमा पक्राउ गरेको प्रहरीले बताएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

कमेन्ट लोड गर्नुस