सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाल रग्बी संघ कैलालीको अध्यक्षमा कठायत

२०७९ असार १०, ०७:३१ खबर संवाददाता

धनगढी: नेपाल रग्बी संघ कैलालीको अध्यक्षमा मदन कठायत चयन भएका छन्। संघको दोस्रो साधारण सभाले कठायतको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरिएको हो। उपाध्यक्षमा मिनप्रसाख अधिकारी, सचिवमा मानस विष्ट, सहसचिवमा आयुस खड्का, कोषध्यक्षमा अर्चना पौड्याल चयन भएका छन्।

यस्तै अन्य सदस्यहरुमा विक्रम देवकोटा, मिलन खत्री, टेकबहादुर भण्डारी, दिर्घ विक, अमित विश्वकर्मा, टीकाराम न्यौपाने, राजेश महरा, निशान्त हमाल, सम्राठ खड्का र सुनिल खठायत चयन भएको संघले बताएको छ। 

कमेन्ट लोड गर्नुस