सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘पहिलोपटक प्रधानमन्त्री हुँदा सपना हो कि विपना हो भनेर विचार गर्दागर्दै समय गयो’

२०७९ असार १०, ०४:३१ खबर संवाददाता

धनगढीः सत्तारुढ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले फेरि एक पटक प्रधानमन्त्री हुने चाहना देखाएका छन्। पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष दाहालले नेपाल पर्वतारोहण संघले आर्शिवाद दिएको प्रसंग उल्लेख गर्दै फेरि एक पटक प्रधानमन्त्री भएर  देशलाई नयाँ युगतिर लैजाने आफ्नो सपना रहेको बताएका हुन्। 

नेपाल पर्वतारोहण संघले शुक्रबार काठमाडौंमा गरेको एक कार्यक्रममा बोल्दै उनले यो परिवर्तन ल्याउन आफूले नेतृत्वदायी भूमिका खेलेको भन्दै देशको नेतृत्व गर्न पाए देशका विद्यमान तमाम विकृतिमाथि निर्मम प्रहार गर्दै अघि बढ्ने बताए। अध्यक्ष दाहालले पहिलो पटक प्रधानमन्त्री सपना हो कि विपना हो भन्दाभन्दै गएको र आफ्नो दोस्रो प्रधानमन्त्रीको कार्यकाल भने गर्व गर्न लायक रहेको दावी समेत गरे। 

‘पहिलो चोटी प्रधानमन्त्री हुँदा त मलाई झिलिमिली झिलिमिलीमै गयो। यो सपना हो कि विपना हो भनेर विचार गर्दागर्दै नौ महिला बिति गयो। एउटा नयाँ परिस्थिति बन्यो। दोस्रो पटक प्रधानमन्त्री हुँदा मैले साँच्चै धेरै चिज सुधार गर्ने प्रयास गरेको हुँ,' उनले भने, 'मलाई त्यसमा गर्व छ। देशका राष्ट्रिय एकता नै के हुने हो भन्ने बेलामा मधेशलाई पनि विश्वासमा लिएर निर्वाचनतिर देश लैजाने कुरा सानो कुरा थिएन। आर्थिक वृद्धि दरलाई २५ वर्षपछि साढे ७ प्रतिशत बनाउने कुरा पनि सानो कुरा थिएन।'

कमेन्ट लोड गर्नुस