सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली एमालेका अध्यक्ष थापालाई कारबाही सिफारिस

२०७९ असार ९, ०९:१९ खबर संवाददाता

धनगढी:कैलाली नेकपा एमालेका अध्यक्ष रतन थापालाई कारबाही गर्न सिफारिस गरिएको छ। बिहीबार बसेको सचिवालय बैठकले स्थानीय निर्वाचनमा पार्टीकै उम्मेदवारलाई हराउन भूमिका खेलेको, जिल्ला कमिटिलाई निष्कृयजस्तै बनाएको, पार्टीका केन्द्रिय अध्यक्ष र जिल्ला इन्चार्जलाई गालीगलोज गरेको भन्दै कारबाहीका लागि प्रदेश कमिटीमा सिफारिस गरिएको हो। 

अध्यक्ष थापाले पार्टीको बैठक समेत बनसाएको, चुनावी समीक्षाका लागि बेठक बोलाउन पटक–पटक आग्रह गर्दा पनि बेवास्ता गरेका कारण उनलाई कारबाहीका लागि सिफारिस गरिएको एमालेका एक नेताले बताएका छन्। बिहीबार दिउँसो २ बजे बोलाइएको सचिवालय बैठकमा अध्यक्ष थापा अनुपस्थित रहेका थिए। एमाले नेताका अनुसार अध्यक्ष थापालाई साधारण सदस्य समेत नरहनेगरी कारबाही गर्न प्रदेश कमिटीलाई सिफारिस गरिएको छ। 

यही असार ६ गते मात्रै एमाले कैलालीका इन्चार्ज नारदमुनि रानाले अध्यक्ष थापालाई २३ बुँदे स्पष्टीकरण सोधेका थिए। 
 

कमेन्ट लोड गर्नुस