सुदूर नेपाललाई विश्वसँग जोड्दै

करेन्ट लागेर एक महिलाको मृत्यु

२०७९ असार ९, ०८:४२ खबर संवाददाता

मोरङः करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ। बिराटनगर महानगरपालिका(१२ बखरी बस्ने ३३ वर्षीया सुनिता चौधरी माझीको बुधबार दिउँसो करेन्ट लागेर मृत्यु भएको हो।

आफ्नै को १ ह ३०३ नम्बरको सिटी सफारी चार्जमा लगाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी उनको कोशी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

कमेन्ट लोड गर्नुस