सुदूर नेपाललाई विश्वसँग जोड्दै

गेटा मेडिकल कलेजको अस्पताल निर्देशकमा जोशी, प्रतिष्ठानको मोडालिटीमा सञ्चालन हुने

२०७९ असार ९, ०७:५३ खबर संवाददाता

धनगढी : राष्ट्रिय ट्रमा सेन्टरको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. प्रमोद जोशीको सरुवा भएको छ। जोशीको गेटा मेडिकल कलेजमा सरुवा गरिएको हो। उनलाई मेडिकल कलेजको अस्पताल निर्देशकको जिम्मेवारी दिएर सरुवा गरिएको हो।

जोशीले यसअघि सेती प्रादेशिक अस्पतालमा पनि लामोसमयसम्म काम गरेका थिए। सरकारले सुरुमा मेडिकल कलेजमा अस्पताल सञ्चालन गर्ने योजना बनाएको छ। अस्पताल सञ्चालनपछि स्वास्थ्य प्रतिष्ठानको मोडालिटीमा संञ्चालन गर्ने सरकारको तयारी छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जोशीलाई बिहीबार सरुवा पत्र दिन लागेको छ। ट्रमा सेन्टरमा पनि जोशीले धेरै सुधारको काम गरेका थिए। प्रधानमन्त्री शेरबहादुर देउवाको चाहनामै उनको गेटा सरुवा हुन लागेको हो।

कमेन्ट लोड गर्नुस