सुदूर नेपाललाई विश्वसँग जोड्दै

नागरिकता विधेयक अघि बढाउने प्रधानमन्त्री देउवाको प्रस्ताव

२०७९ असार ९, ०६:०४ खबर संवाददाता

काठमाण्डौँः सत्तारूढ पाँच दलीय गठबन्धनले संसदमा विचाराधीन नागरिकता विधेयकलाई अगाडि बढाउने निर्णय गरेको छ। 

आज बुधवार बालुवाटारमा बसेको गठबन्धनको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकताको विधेयकलाई अगाडि बढाउने प्रस्ताव गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए। 

उनले कतिपय नागरिकले बुबाआमा नेपाली नागरिक भए पनि नागरिकताविहीन हुनुपरेको भन्दै नागरिकताको समस्यालाई समाधान गर्न सरकार अघि बढेको बताए। 

मन्त्री कार्कीले आजको बैठकमा शान्ति प्रक्रियालाई चाँडै निष्कर्षमा पु¥याउनका लागि पनि छलफल भएको बताए।

बैठकमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला) ले शान्ति प्रक्रियाको बारेमा अहिलेसम्म प्राप्त विवरणको प्रगतिको प्रतिवेदन पनि प्रस्तुत गरेको उनले बताए।

कमेन्ट लोड गर्नुस