सुदूर नेपाललाई विश्वसँग जोड्दै

यातायात स्वतन्त्र मजदुर संगठनले विभिन्न कार्यक्रम गरी मनायो स्थापना दिवस 

२०७९ असार ८, ०५:०३ खबर संवाददाता

धनगढी: नेपाल यातायात स्वतन्त्र मजदूर संगठनको ४३औँ स्थापना दिवसका अवसरमा धनगढीमा विविध कार्यक्रम गरिएका छन्। दिवसको अवसरमा संगठनले सामाजिक कार्य गरेको छ।  संगठनले रक्तदान, सरसफाई कार्यक्रम लगायत ९ वटा सामाजिक कार्य गरेको संगठनका सुदूरपश्चिम प्रदेश अध्यक्ष ललित चन्दले जानकारी दिए। 

बिहानै सरसफाई कार्यक्रमबाट सुुरु गरिएको स्थापना दिवशमा नेपाल आयल निगम सुदूरपश्चिम प्रदेश कार्यालय परिसरमा रक्तदान कार्यक्रमको सुभारम्भ गरिएको थियो। ९ गते अनाथ आश्रममा राहत प्रदान गर्ने, साँझ बसपार्कमा दिप प्रज्वलन, कारागारमा रहेका चालकहरुलाई भेट्ने कार्यक्रम, हाजिरीजबाफ प्रतियोगिता र वृद्ध आश्रमामा खाद्यान्न सहयोग कार्यक्रम समेत रहेको चन्दले बताए। 

औपचारिक कार्यक्रममा आधिकारिक ट्रेड युनियन जिफन्टका सुदूरपश्चिम प्रदेश अध्यक्ष जित बहादूर मल्लको प्रमुख आतिथ्यता थियो। मल्लसँगै प्रदेश सचिव चन्द्र प्रकाश गैरे, आयल निगम धनगढी प्रमुख लगायतको सहभागिता थियो। 
मजदुरका अधिकार र मागका विषयमा संगठनले निरन्तर पहल र सम्वाद गर्दै आएको छ। 

कमेन्ट लोड गर्नुस