सुदूर नेपाललाई विश्वसँग जोड्दै

अमेरिकामा अन्धाधुन्ध गोली प्रहार, ५ जनाको मृत्यु

। फोटो स्रोत ।
२०७५ फाल्गुन ४, ०१:१८ खबर संवाददाता

अमेरिकाको ईलिनोय राज्यमा अन्धाधुन्ध गोली प्रहार हुँदा पाँच जनाको मृत्यु भएको छ। इलिनोय राज्यको औद्योगिक शहर अरोरामा बन्दुकधारीले कार्यक्षेत्रमै अन्धाधुन्ध गोली चलाउँदा अरु केही घाइते भएका छन्। प्रहरीले गरेको जवाफी कारवाहीमा बन्दुकधारीको पनि मृत्यु भएको छ। घटनामा पाँच जना प्रहरी घाइते भएका छन्।
उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। पानीका ठूला पाइपका लागि चाहिने भल्भ निर्माण गर्ने हेनरी प्राट्ट कम्पनीमा कार्यरतमाथि आक्रमण भएको हो।  कम्पनीमै कार्यरत ४५ वर्षका ग्यारी मार्टिनले अन्धाधुन्ध गोली चलाएको बताइएको छ।
 

कमेन्ट लोड गर्नुस