सुदूर नेपाललाई विश्वसँग जोड्दै

डिपिएल बर्षाले प्रभावित, काठमाडौं र विराटनगरले अकं बाँडे

२०७५ फाल्गुन ४, ११:४६ खबर संवाददाता

तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट अन्तर्गत आज तय भएको पहिलो खेल रद्द भएको छ । बिहीबारबाट परेको बर्षाले को मैदानमा पानी जमेपछि आजको पहिलो खेल रद्द भएको हो । फाप्ला क्रिकेट मैदानमा आजको पहिलो खेलमा विराटनगर किंग्स र काठमाडौं गोल्डेन्सबीच प्रतिस्पर्धा हुने खेल तालिका रहेको थियो । तर, अम्पायरले मैदानको आउट फिल्डमा जमेको पानीले गर्दा खेल खेलाउन नमिल्ने जनाएपछि खेल रद्द भएको हो । खेल रद्द भएपछि दुवै टिमले एक एक अकं बाँडेका छन् । यसअघि बर्षाको कारण बिहिबारको दोस्रो खेल समेत रद्द भएको थियो । महेन्द्रनगर विरुद्ध विराटनगरले ब्याटिङ गरिरहँदा पानी परेपछि खेल रद्द भएको थियो । काठमाडौं ३ खेलबाट ५ अकं जोडेर शीर्ष स्थानमा छ । विराटनगर ४ खेलबाट ४ अकं जोडेर चौंथो स्थानमा छ ।
आज नै हुने भनिएको धनगढी स्टार्स र महेन्द्रनगर युनाईटेड बीचको खेल हुने सम्भावना पनि कम रहेको छ । घाम लागेपछि मात्रै खेल हुन सक्ने अवस्था रहेको छ । जित्न सक्ने खेलमा महेन्द्रनगर युनाईटेडले अंक बाँडेपछि प्लेअफमा पुग्न पनि कठिन बन्दै गएको छ । 
 

कमेन्ट लोड गर्नुस