सुदूर नेपाललाई विश्वसँग जोड्दै

सगरमाथाको बेस क्याम्प घुम्न जाने पर्यटकहरुलाई चीनद्धारा रोक

। फोटो स्रोत ।
२०७५ फाल्गुन ४, ०९:४० खबर संवाददाता

चीनले तिब्बततर्फ रहेको सगरमाथाको बेस क्याम्प(आधार शिविर) घुम्न जाने पर्यटकहरुलाई रोक लगाएको छ।
चिनियाँ सञ्चार माध्यमहरुले जनाएअनुसार सगरमाथाको बेस क्याम्पमा फोहोरको डङ्गुर थुप्रिएपछि त्यसको सरसफाइका लागि केही समय पर्यटकलाई भ्रमण गर्न रोक लगाइएको हो। प्रतिबन्ध सामान्य पर्यटकलाई मात्रै लगाइएको र सगरमाथा आरोहीहरुका लागि भने प्रतिबन्ध नरहेको सिन्ह्वाले जनाएको छ। समुद्री सतहबाट झण्डै ५ हजार मिटरमा रहेको रङ्पो गुम्बाबाटै पर्यटकलाई प्रवेशमा रोक लगाइएको चिनियाँ प्रकृति संरक्षणका अधिकारीहरुले जानकारी दिएका छन्। सिन्ह्वाका अनुसार पर्यटकहरुलाई अहिले भएको आधार शिविरभन्दा दुई किलोमिटर वर नै अर्को आधार शिविर बनाइने भएको छ। पछिल्लो समय चीनतर्फ र नेपालतर्फबाटै सगरमाथाको आधार शिविरसम्म घुम्न जाने पर्यटकको संख्या बढिरहेको छ। 
गएको वर्ष मात्रै सगरमाथा आरोहण गर्नेको संख्या ८ सय भन्दा बढी रहेको थियो।  तर बढ्दो आरोही र पर्यटकको संख्याले भने सगरमाथा क्षेत्रमा निकै नै प्रदूषण बढ्दै गैरहेको छ। चीनले सरसफाइका साथै सगरमाथा क्षेत्रमा रहेका आरोहीका शवहरु पनि हटाउने भएको छ। 
 

कमेन्ट लोड गर्नुस