सुदूर नेपाललाई विश्वसँग जोड्दै

डिपिएल : बर्षाले आजको खेल पनि हुने सम्भावना न्यून

२०७५ फाल्गुन ४, ०७:५२ खबर संवाददाता

तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) अन्तर्गत आजको खेल हुने सम्भावना पनि न्यून रहेको छ। खेल तालिका अनुसार आज विहान ९ बजे विराटनगर किंग्स र काठमाडौँ गोल्डेन्सबीचको खेल हुनुपर्ने हो। तर लगातार तीन दिन बर्षा भएकाले आजको खेल हुने सम्भावना न्यून रहेको आयोजक धनगढी क्रिकेट एकेडेमीले जनाएको छ। निर्धारित समयमा खेल हुने सम्भावना नभएपछि केहि ढिलो भने खेल हुन सक्ने आयोजकले जनाएको छ। आज विहानैदेखि बर्षा नभएपनि खेल मैदानको विषयमा छलफल भएपछि मात्रै खेल हुने वा नहुने विषयमा टुङगो लाग्ने आयोजकले जनाएको छ ।

कमेन्ट लोड गर्नुस