सुदूर नेपाललाई विश्वसँग जोड्दै

सरकारले चाहेमा निर्मलाको हत्यारा पत्ता लगाउन सक्छ, तर चाहेन : कांग्रेस सभापति देउवा

२०७५ फाल्गुन ३, ०७:२८ खबर संवाददाता

नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको एक वर्षको अवधिमा नागरिकले परिवर्तन र राहतको महसुस गर्ने गरी उपलब्धिमूलक काम गर्न नसकेको आरोप लगाएका छन्।
नेपाली कांग्रेस भक्तपुरले आयोजना गरेको विरोधसभामा बोल्दै उनले सरकारले एक वर्षको अवधिमा नागरिकलाई करको भार मात्रै बढाएको बताए। सभापति देउवाले नागरिकको पक्षमा सरकारले कुनै काम गर्न नसकेको आरोप लगाउदै दुई तिहाईको आडमा सरकारले अप्रजातान्त्रिक गतिविधिहरु गरिरहेको जिकिर गरेका छन्। ‘देशमा हत्या, हिंसा, बलात्कारका घटना बढे पनि सरकारले  दोषीलाई कारबाही गर्न सकेको छैन, यस्ता घटना नियन्त्रण गर्न पनि सरकार असफल भएको देउवाले बताए। उनले भने, सरकारले चाहे निर्मला हत्याकाण्डका दोषीलाई पक्राउ गर्न सक्छ तर सरकारले चाहेन।  
 

कमेन्ट लोड गर्नुस