सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा २५ लाख बढी भारतीय रुपैयाँ र सुन बरामद

२०७९ जेठ १२, १०:४१ खबर संवाददाता

धनगढी: कैलालीमा २५ लाख बढी भारतीय रुपैयाँ र सुन बरामद भएको छ। जिल्लाको बर्दगोरिया गाउँपालिका-४ सुन्दरपुर दुर्गा चलाउनेको घर नजिक खेतबारीमा र घोडाघोडी नगरपालिका-८ का लालबहादुर थापाको घर नजिक खाडलमा लुकाएर राखेको अवस्थामा नगद र सुन बरामद गरिएको हो।

भारतको विभिन्न स्थानबाट चोरी भएको २५ लाख ६८ हजार भारतीय रुपैयाँ र सुन फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। उक्त विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

कमेन्ट लोड गर्नुस