सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली मोडेल स्कुलद्वारा उपदान प्रदान

२०७९ जेठ १२, ०६:२८ खबर संवाददाता

धनगढीः धनगढी उपमहानगरपालिका वडा नम्बर ४ मा रहेको कैलाली मोडेल स्कुलले सेवा निवृत्त शिक्षिकालाई उपदान प्रदान गरेको छ। १८ वर्षदेखि त्यो स्कुलमा कार्यरत शिक्षिका टिकेश्वरी पौडेललाई उपदान प्रदान गरेको स्कुलका प्राचार्य तपेन्द्र सिंहले बताए।

स्कुलको नियमअनुसार १ वर्ष सेवा गरेबापत एक महिनाको तलब उपदान दिने र उपदान पाउन कम्तिमा १० वर्ष काम गरेको हुनुपर्ने उल्लेख भएअनुसार शिक्षिका पौडेललाई उपदान दिइएको स्कुलले जनाएको छ। स्कुलमा कार्यरत शिक्षक तथा कर्मचारीलाई उपदान दिने बिनियम गत वर्ष मात्रै  बनेको तर सेवा निवृत्त शिक्षिकालाई एक वर्ष बराबर एक महिनाको तलब हुने गरि उपदान दिइएको हो। सेवा निवृत्त शिक्षिकालाई स्कुलले १ लाख ३७ हजार उपदान दिएको जनाइएको छ।

कमेन्ट लोड गर्नुस