सुदूर नेपाललाई विश्वसँग जोड्दै

गेटा मेडिकल कलेज सञ्चालनको माग गर्दै धनगढीको सडकमा पत्रकार सम्मेलन

२०७९ जेठ १२, ०५:०८ खबर संवाददाता

धनगढीः कैलालीको गेटा मेडिकल कलेज सञ्चालनको माग गर्दै धनगढीको सडकमा पत्रकार सम्मेलन गरिएको छ। राजनीतिक दलका प्रतिनिधि, कैलाली उद्योग वाणिज्य संघका प्रतिनिधि र धनगढीवासी लगायतको सहभागिता रहेको पत्रकार सम्मेलनमा आन्दोलनका कार्यक्रमका बारेमा जानकारी दिइएका छ।

आन्दोलन अन्तरगत शुक्रबार बिहान ८ बजे गेटा मेडिकल कलेज परिसरमा चिकित्सकसहितको समूह जाने र सो समूहले विरोधस्वरुप परिसरबाट स्वास्थ्य सेवा प्रदान गर्नेछ। एलएनचोकस्थित सडकमा गरिएकाे पत्रकार सम्मेलनमा उनीहरुले जिल्ला प्रशासन कार्यालय कैलालीमार्फत प्रधानमन्त्री शेरबहादुर देउवा र स्वास्थ्यमन्त्रीलाई ज्ञापन पत्र बुझाएको समेत जानकारी दिएका छन्।

नेपाली काँग्रेस कैलालीका सचिव नृप सुनारका अनुसार संघीय सरकारको नीति तथा कार्यक्रममा गेटा मेडिकल कलेजको विषय समावेश नभएकाले आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरिएको हो। जेठ १५ गतेसम्म विभिन्न चरणमा आन्दोलनका कार्यक्रमहरु जारी रहने बताइएको छ। 
 

कमेन्ट लोड गर्नुस