सुदूर नेपाललाई विश्वसँग जोड्दै

चितवनमा बोरामा हालेर मान्छे फालेको सम्झिएर जनताले थरथर काँपेर भोट हालेः ओली

२०७९ जेठ १२, १२:५७ खबर संवाददाता

काठमाडौँः नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता गठबन्धनलाई जनताले भोट नहाले देश दुर्घटनामा जान्छ भनेर धम्काएपछि जितेको बताएका छन्। संसद्‌ बैठकमा बोल्दै ओलीले यस्तो बताएका हुन्।

'चुनावमा यदि जनताले भोट नहाले देश दुर्घटनामा जान्छ भनेर धम्काए, 'ओलीले भने, 'त्यहाँका मान्छेले द्वन्द्वकाल सम्झिए, त्यही चितवनमा बोरामा हालेर मान्छे फालेको सम्झिए। अनि विदेश गएको सम्झिएर जनताले थरथर काँपेर भोट हाले।'

ओलीले चुनावमा सत्ता गठबन्‍धनले पैसा बाँढेको आरोप लगाए। 'पैसा प्रलोभन बाँडियो', ओलीले भने, 'रुखमा भोट नहाल्नेलाई पैसा पठाइँदैनसम्म भने। अमरगढी जितेको छ कि छैन। देउवाको वडामा अब बजेट नजाने भो। अमरगढी नगरपालिकामा पैसा नजाने भो। लोकतन्त्रको योभन्दा हरिविजोग अरु के हुन्छ र ?' ओलीले भने।

कमेन्ट लोड गर्नुस