सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘डडेल्धुरामा मेडिकल कलेज जाने भएछ, कुन कुनामा लगेर राख्ने हो ?’

२०७९ जेठ १२, १२:१८ खबर संवाददाता

धनगढीः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले डा. आरजु राणालाई लक्षित गरेर प्रधानमन्त्री शेरबहादुर देउवामाथि घोचपेच गरेका छन्।

संघीय संसद् भवन नयाँ बानेश्वरमा जारी प्रतिनिधिसभा बैठकमा सरकारले पेश गरेको वार्षिक नीति तथा कार्यक्रममाथि माग लिँदै उनले प्रधानमन्त्री देउवामाथि घोचपेच गरेका हुन्।  

‘संयोगकै कुरा हो डडेल्धुरामा मेडिकल कलेज जाने भएछ। अमरगढीमा कांग्रेसले जित्या छ कि छैन ? अमरगढी जितेको भए त ठिकै छ। कुन कुनामा लगेर राख्नुपर्ने हो जित्या छैन भने,’ ओलीले भने, ‘सम्माननीय प्रधानमन्त्रीको आफ्नै वडामा केही जाने भएन किन भने रुखले जितेन कि क्या हो ? लोकतन्त्रको हरिविजोग यो भन्दा के हुन्छ ?’

कमेन्ट लोड गर्नुस