सुदूर नेपाललाई विश्वसँग जोड्दै

ओली भन्छन्ः एमालेमा अन्तर्घातको खतरनाक ट्रेण्ड देखियो, समीक्षा हुन्छ

२०७९ जेठ ११, ०५:१४ खबर संवाददाता

काठमाडौंः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पोखरा र काठमाडौंलगायतका ठूला सहरमा मेयर हार्नुको कारण गठबन्धनभन्दा पनि पार्टीभित्रकै अन्तर्घात प्रमुख कारण देखिएको बताएका छन्। संसद भवन नयाँ बानेश्वरमा जारी संसदीय दलका बैठकमा अध्यक्ष ओलीले उपमेयर भारी मतले जित्ने र मेयरमात्र हार्ने कुरामा पार्टीभित्रकै असहयोग र अन्तर्घात प्रष्ट देखिएको बताए।

बैठकमा ओलीको सम्बोधन जारी छ। उनले यसपटक एमालेमा खतरनाक ढंगको अन्तर्घात देखिएको भन्दै यसको विस्तृत समीक्षा गरिने बताए।

कमेन्ट लोड गर्नुस