सुदूर नेपाललाई विश्वसँग जोड्दै

राजीनामापछि पाण्डेलगायतमाथिको कारबाही फिर्ता लिन रवीन्द्रको अनुरोध 

२०७९ जेठ ११, १२:५४ खबर संवाददाता

काठमाडौंः विवेकशील साझा पार्टीको अध्यक्षबाट राजीनामा दिएका रवीन्द्र मिश्रले पार्टीबाट कारबाहीमा परेकाहरूको कारबाही फिर्ता लिन आग्रह गरेका छन्। पार्टीको दस्तावेज ‘विचारभन्दा माथि देश’ का विरुद्ध गतिविधि गरेकोमा संयोजक मिलन पाण्डेलगायतलाई कारबाही गरिएको थियो। मिश्रले आफ्नो राजीनामा घोषणा गर्दै दस्तावेज प्रस्तुत गर्ने अध्यक्षले नै राजीनामा दिइसकेपछि ती कारबाहीहरू फिर्ता गरिदिने पार्टीको केन्द्रीय कार्यसम्पादन समिति र केन्द्रीय समितिलाई अनुरोध गरेका हुन्। सो दस्तावेजप्रति असहमति राखेर राजीनामा दिएकाहरूलाई पुनः पार्टीमा सामेल हुन उनले अनुरोध गरेका छन्।

पार्टी पार्टीमा रहँदा आफूबाट भएका कमजोरी र त्रुटिहरूका लागि क्षमायाचनासमेत गरेका छन्। उनले भनेका छन्, ‘पार्टीलाई कसरी अगाडि बढाउने भन्नेबारे पार्टीको केन्द्रीय कार्य सम्पादन समिति तथा केन्द्रीय समितिले गहन छलफल र समीक्षापछि निर्णय लिने नै छ। मेरो बुद्धि र विवेकले भ्याएसम्म इमानदार रहँदा रहँदै पनि यसबिच मबाट भएका कमजोरी तथा त्रुटिहरूप्रति म निःसङ्कोच क्षमा याचना गर्दछु। पार्टीको साख केन्द्रीय समितिका साथीहरूको नेतृत्वमा पुनर्स्थापित हुने विश्वास लिएको छु। सो प्रयासमा मेरो पूर्ण सहयोग रहने छ।’

कमेन्ट लोड गर्नुस