सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा विहान ११ बजेदेखि मतगणना गर्ने सहमति, एमालेको आपत्ति 

२०७९ वैशाख ३१, १०:१० खबर संवाददाता

धनगढी: कैलालीको धनगढी उपमहानगरपालिकाको मतगणनाका लागि बसेको सर्वदलीय बैठक सकिएको छ। प्रदेश निर्वाचन कार्यालयमा बसेको बैठकले अहिले विहान ११ बजेदेखि मतगणना गर्ने निर्णय गरेको छ।

तर नेकपा एमाले उक्त सहमतिमा आपत्ति जनाएको छ। वडा नम्बर ६ मा २ जना मतदाताको अन्य व्यक्तिले नै मत हालेको भन्दै एमालेले असहमति जनाएको हो। ‘दुई जना ओरिजिनल मतदातालाई फेरि मत हाल्ने वातावरण बनाइदिन हामीले आग्रह गरेका थियौं। तर, हाम्रो सहमतिविपरीत ११ बजेदेखि मतगणना गर्ने तयारी भएको छ,’ एमाले धनगढीका इञ्चार्ज चुडामणी भट्टले भने। यस्तै सर्वदलिय बैठकले वडा नम्बर ३ र ६ मा खटिएका मतदान अधिकृतले त्रुटी गरेका कारण उनीहरुलाई कारबाहीका लागि सिफारिस गर्ने पनि निर्णय गरेको छ।

धनगढीको मेयर, उपमेयरसहित ९७ जना जनप्रतिनिधि चुन्नका लागि शुक्रबार मतदान सम्पन्न भएको थियो। दलिय र स्वतन्त्र उम्मेदवारले शुत्रबार रातिदेखि नै गणना सुरु गर्न माग गरे पनि मुख्य निर्वाचन अधिकृतको कार्यालयले आजदेखि नै सुरु गर्ने अडान लिएको थियो। 

कमेन्ट लोड गर्नुस