सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको गोदावरीमा काँग्रेसको सुरुवाती अग्रता 

२०७९ वैशाख ३१, १०:०६ खबर संवाददाता

धनगढी: कैलालीको गोदावरी नगरपालिकामा नेपाली काँग्रेसले सुरुवाती अग्रता लिएको छ। नगरपालिकामको वडा नम्बर १ मा ४ सय मत गणना हुँदा काँग्रेसका मेयरका उम्मेदवार वीरेन्द्र भट्टले २०४ मत प्राप्त गरेका छन्।

त्यस्तै, नेकपा एमालेका गोकर्ण भट्टले १२६ मत प्राप्त गरेका छन्। उपमेयरमा एकीकृत समाजवादीकी रत्ना कडायतले १०१ मत ल्याएकी छिन् भने नेकपा एमालेकी शारदादेवी रोकायाले १०८ मत ल्याएकी छिन्।

कमेन्ट लोड गर्नुस