सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी र हुम्लाबाट आज घाइते र बिरामीलाई सेनाको हेलिकप्टरमार्फत उद्धार

२०७९ वैशाख ३०, ०९:३३ रासस

काठमाडौँ: हुम्ला र धनगढीबाट आज घाइते र बिरामीलाई सेनाको हेलिकप्टरमार्फत उद्धार गरी अस्पताल पु¥याइएको छ। हुम्ला जिल्लाको चङ्खेली गाउँपालिका–२ स्थित महादेव मावि मतदान केन्द्रमा खटिएका कार्यालय सहयोगी ५२ वर्षीय काला रोकायालाई हेलिकप्टरबाट सुर्खेत ल्याइएको हो। मतदान केन्द्रमा भएको झडपमा परी टाउकामा गम्भीर चोट लागेका उनलाई उपचारका लागि प्रादेशिक अस्पताल सुर्खेत ल्याइएको थियो। 

यस्तै सेनाको हेलिकप्टरमार्फत नै हृदयघात भई ज्यान जोखिममा रहेका सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक लक्ष्मण थापालाई समेत धनगढी रङ्गशालाबाट नेपालगञ्जसम्म हेलिकप्टरमार्फत ल्याइएको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले जानकारी दिए। 

कमेन्ट लोड गर्नुस