सुदूर नेपाललाई विश्वसँग जोड्दै

काठमाडौं महानगरपालिकाको मतगणना आजै सुरू हुने

२०७९ वैशाख ३०, ०८:३८ खबर संवाददाता

काठमाडौं: काठमाडौं महानगरपालिकाको मत गणना राष्ट्रिय सभा गृहमा आजै हुने भएको छ। काठमाडौंका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाका अनुसार मतपेटीका ल्याउने क्रम अझै जारी रहेको र सबै मतपेटिका आइसकेपछि आजै गणनाको काम सुरू हुनेछ।

सुरक्षा संवेदनशीलतालाई हेरेर मतगणनास्थलमा तार जाली लगाइएको छ। काठमाडौँ महानगरमा मतदान प्रक्रियापछि मतपेटिका राष्ट्रिय सभा गृहमा ल्याइएको हो। 

कमेन्ट लोड गर्नुस