तीन दिने भारत भ्रमण सकेर प्रधानमन्त्री देउवा स्वदेश फर्किए
काठमाडौंः प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने भारत भ्रमण सकेर आइतबार साँझ स्वदेश फर्किंएका छन्।
आइतबार विहान नौ बजे नयाँदिल्लीबाट बनारस प्रस्थान गरेका देउवाले बनारसमा ललिताघाट, पशुपतिनाथ मन्दिर परिसरमा वृद्धाश्रमको शिलान्यास गरेका थिए। बनारसबाट चार बजे नयाँदिल्ली हुँदै उनी साँझ काठमाडौं आइपुगेका हुन्।
भारतको औपचारिक भ्रमणका लागि प्रधानमन्त्री देउवा गत शुक्रबार नयाँदिल्ली गएका थिए। शनिबार देउवाले समकक्षी मोदीसँग भेटवार्ता गरेका थिए।
भेटको क्रममा देउवाले सीमा समस्या समाधान दुई देशको स्थापित संयन्त्रमार्फत अघि बढाउन भारतीय प्रधानमन्त्री मोदीसँग प्रस्ताव गरेका थिए।
साथै दुवै देशका प्रधानमन्त्रीले जनकपुर–जयनगर रेल सेवा र सोलु कोरिडोर संयुक्त रुपमा भर्चुअल माध्यमबाट उद्घाटन गरेका थिए।