सुदूर नेपाललाई विश्वसँग जोड्दै

होडिङबोर्डका फ्रेम तोडफोड गरेको आरोपमा तीन पक्राउ

२०७८ माघ ११, ०९:२५ रासस

मङ्गलबारे: होडिङबोर्डका फ्रेम तोडफोड गरेको आरोपमा प्रहरीले आज इलामबाट तीनजनालाई पक्राउ गरेको छ। सूर्योदय नगरपालिका–७ कन्याममा राखिएका होडिङबोर्डमा प्रयोग गरिने फ्रेम तोडफोड गरेको भन्दै तीनजनालाई पक्राउ गरिएको हो। 

पक्राउ पर्नेमा सूर्योदय नगरपालिका–६ का २२ वर्षीय नरेश तामाङ र २२ वर्षीय अभिषेक तामाङ रहेका छन्। त्यस्तै माई नगरपालिका–१ का २२ वर्षीय रमेश बराइली रहेको इलाका प्रहरी कार्यालय पशुपतिनगरले जानकारी दिएको छ। 

गएराति ती फ्रेम तोडफोड गरेको सिसी टिभी क्यामेरामार्फत थाहा पाएर सोही भिडियोका आधारमा उनीहरुलाई पक्राउ गरिएको बताइएको छ। पक्राउ परेका व्यक्तिका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। कन्याम प्रदेश नं १ को पर्यटकीय नगरीका रूपमा परिचित छ। सोही ठाउँमा प्रयोग भएका र प्रयोग गर्न राखिएका विभिन्न होडिङबोर्डका फ्रेम तोडफोड गरेको बताइएको छ। 

कमेन्ट लोड गर्नुस