सुदूर नेपाललाई विश्वसँग जोड्दै

रुपन्देहीमा दुई जनाको शव फेला

२०७८ माघ ११, ०८:४४ रासस

रुपन्देही: रुपन्देहीको देवदहमा आज दुई जनाको शव फेला परेको छ। पूर्वपश्चिम राजमार्गअन्तर्गत देवदह नगरपालिका–९ स्थित जङ्गलमा एक बालिका र एक  महिलाको शव भेटिएको हो। अन्दाजी सात वर्षीया बालिका र ३५ वर्षीया महिलाको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका सहायक प्रवक्ता भास्कर चन्दले जानकारी दिए।

उनीहरुको पहिचान खुल्न सकेको छैन। इलाका प्रहरी कार्यालय बुटवल र देवदह प्रहरी चौकीको टोलीले घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।

कमेन्ट लोड गर्नुस