सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रदेश १ : थप एक हजार १६ जनामा कोरोना पुष्टि

२०७८ माघ ११, ०८:०७ रासस

विराटनगर: प्रदेश नं १ मा पछिल्लो २४ घण्टामा थप एक हजार १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। सामाजिक विकास मन्त्रालयका अनुसार एक हजार ४९२ जनाको पिसिआर परीक्षण गर्दा ६९० जना तथा ९०५ जनाको एन्टिजेन परीक्षण गर्दा ३२६ जनामा कोरोना सङ्क्रमण भएको हो। पिसिआर परीक्षणका क्रममा मोरङमा ३०२, सुनसरीमा २०७, झापामा १२८, धनकुटामा आठ, तेहृथुममा सात, इलाममा चार, उदयपुरमा तीन, सङ्खुवासभामा दुई, भोजपुरमा एक र प्रदेश बाहिरका २८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो।

मोरङको विराटनगरका २४५, सुन्दरहरैचाका १७, बेलबारीका आठ, बूढीगङ्गा र उर्लाबारीका पाँच÷पाँच, कटहरी र स्थानीय तह नखुलेका चार÷चार, लेटाङ, कानेपोखरी, केराबारी, रतुवामाई र रङ्गेलीका दुई÷दुई, ग्रामथान, मिक्लाजुङ, जहदा र धनपालथानका एक÷एक, सुनसरीको धरानका ११३, इटहरीका ५२, इनरुवाका नौ, दुहवीका सात, रामधुनीका ६, हरिनगर, देवानगञ्ज र गढीका तीन÷तीन, बर्जु, बराहक्षेत्र र कोसी गाउँपालिकाका दुई÷दुई र स्थानीय तह नखुलेका पाँच जनामा कोरोना देखिएको हो। 

यसैगरी झापाको विर्तामोडमा ३१, भद्रपुरमा १९, कनकाईमा १५, अर्जुनधारामा १४, मेचीनगरमा १२, दमकमा ११, बुद्धशान्तिमा  आठ, शिवसताक्षीमा ६, गौरादह, कमल गाउँपालिका र स्थानीय तह नखुलेका  तीन÷तीन, बाहृदशी, कचनकवल र झापा गाउँपालिकामा एक÷एक, धनकुटाको धनकुटा नगरपालिकामा  पाँच, पाख्रिबास, साँघुरीगढी र स्थानीय तह नखुलेका एक÷एक जना रहेका छन्।

मन्त्रालयका अनुसार तेहृथुमको म्याङलुङमा पाँच, लालीगुराँस र स्थानीय तह नखुलेका एक÷एक, इलामको चुलाचुलीमा दुई, इलाम नगरपालिका र देउमाईमा एक÷एक, उदयपुरको त्रियुगा, रौतामाई र स्थानीय तह नखुलेका एक÷एक, सङ्खुवासभाको खाँदबारी र स्थानीय तह नखुलेका एक÷एक, भोजपुरको भोजपुर नगरपालिकामा एक र प्रदेशबाहिरका २८ जनामा कोरोना सङ्क्रमण देखिएको छ। 

प्रदेशमा आज १५२ महिलासहित ३२२ जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन्। पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट एक महिलाको मृत्यु भएको छ। प्रदेशमा   सक्रिय सङ्क्रमितको सङ्ख्या ६ हजार ८२१ रहेको मन्त्रालयले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस