सुदूर नेपाललाई विश्वसँग जोड्दै

डलरको अवैध कारोबार गर्ने कैलालीका ४ जनाविरुद्ध मुद्धा, साढे ३७ करोडको माग दाबी

२०७८ माघ ११, ०३:५५ खबर संवाददाता

धनगढी: राजश्व अनुसन्धान विभागले अमेरिकी डलरको अवैध कारोबार गरेको अभियोगमा चार जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्धा दायर गरेको छ।

कैलाली लम्किचुहा- १० स्थायी ठेगाना भई हाल काठमाडौँ कालोपुल गुरुङटोल बस्ने दिनेश खड्का, उनको दिदी भगवती खड्का, बुबा नरबहादुर खड्का र साथी अनिता धितालविरुद्ध ३७ करोड ६४ लाख ११ हजार १ सय रुपियाँको माग दाबीसहित मंगलबार जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता गरिएको विभागले जनाएको छ। 

उनीहरूले विभिन्न बैंक खाताबाट ३७ करोड ६४ लाख ८९६ रुपैयाँ बराबर हुन आउने ३१ लाख २७ हजार ८९६ अमेरिकी डलर अवैधरूपमा निर्यात गरेको पुष्टी भएको विभागले जनाएको छ।  प्रतिवादीहरुले मोबाइल एप्स ई स्क्रिल तथा बिनान्स मार्फत विदेशी बिनिमय अमेरिकी डलरको अबैध कारोबार गरेको अनुसन्धानबाट पुष्टी भएपछि मुद्दा दर्ता गरिएको विभागले विज्ञप्ति प्रकाशित गरी जनाएको हो। अभियुक्तहरुलाई विदेशी विनिमय –नियमित गर्ने) ऐन २०१९ अनुसार बिगो जफत गरी सजायको माग दाबी गरिएको छ।   

कमेन्ट लोड गर्नुस