सुदूर नेपाललाई विश्वसँग जोड्दै

बन्चरो प्रहार गरी छोराको हत्या

२०७८ माघ ११, ०३:४३ खबर संवाददाता

काठमाडौं: घरायसी विवाद हुँदा सिरहामा बुवाले छोरालाई बन्चरो प्रहार गरी हत्या गरेका छन्। जिल्लाको सखुवानन्कारकट्टी गाउँपालिका–२ पटनामा मंगलबार बिहान करिब ९ बजे बाबुले छोराको हत्या गरेको प्रहरीले जनाएको छ।

६० वर्षीय सोनाइ सदायले बन्चरो प्रहार गरी २० वर्षीय छोरा परमेश्वर सदायको हत्या गरेका जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवास बुढाथोकीले बताए। घटनामा संलग्न  सोनाइलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ। दुवै जनाबीच घरायसी विवाद हुँदा घटना घटेको प्रहरीले बताएको छ। 

कमेन्ट लोड गर्नुस