सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपालले अफगानिस्तानमा मानवीय सहायता पठाउँदै

२०७८ माघ १, १२:३० खबर संवाददाता

काठमाडौंः मानवीय संकटसँग जुधिरहेको मुलुक अफगानिस्तानलाई मानवीय सहयोग गर्न नेपाली टोली आइतबार त्यसतर्फ प्रस्थान गर्ने भएको छ। परराष्ट्र प्रवक्ता सेवा लम्सालका अनुसार भोलि बिहान हिमालयन एयरलाइन्सको चार्टर बिमानबाट परराष्ट्रको टोली त्यसतर्फ जान लागेको हो। नेपाली टोली काबुल पुगेर सहयोग हस्तान्तरण गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ।

परराष्ट्रमन्त्री नारायण खड्काले भोलि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन आयोजना गरेर टोलीलाई काबुलतर्फ पठाउने कार्यक्रम छ। सार्क अध्यक्ष नेपालले सदस्य राष्ट्र अफगानिस्तानलाई सहयोग गर्न लागेको हो। अफगानिस्तानमा पछिल्लो समय मानवीय संकट सिर्जना भएकाले राष्ट्रसंघले सघाउन सदस्य मुलुकहरुलाई आग्रह गरेको थियो। महासचिव एन्टोनियो गुटरेसले मानवीय सहयोगका लागि आह्वान गरेका थिए।

अन्तर्राष्ट्रिय संचारमाध्यमले अफगानिस्तानको ठूलो जनसंख्या शिक्षा, स्वास्थ्य र खाद्यान्नबाट बञ्चित हुनसक्ने विवरणहरु उपलब्ध गराउँदै आएका छन्।
 

कमेन्ट लोड गर्नुस