सुदूर नेपाललाई विश्वसँग जोड्दै

जीप दुर्घटनामा चारको मृत्यु

२०७८ पुष ३०, १०:४७ रासस

दमौली: तनहुँको बन्दीपुर गाउँपालिका–६ धरमपानीमा आज साँझ जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। धरमपानीस्थित हटिया भन्ने ठाउँमा जीप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। 

जीपमा १२ जना सवार रहेको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए। घाइते भएकालाई उद्धार गरी बन्दीपुर अस्पताल पठाइएको उनले बताए। मृत्यु भएकाको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ। ग १ ज ६५५५ नम्बरको जीप अनियन्त्रित भई भीरबाट तल खसेको थियो। 
 

कमेन्ट लोड गर्नुस