सुदूर नेपाललाई विश्वसँग जोड्दै

लुम्बिनीमा आइतबार सार्वजनिक बिदा

२०७८ पुष ३०, ०९:१५ रासस

लुम्बिनी: लुम्बिनी प्रदेश सरकारले आइतबार सार्वजनिक बिदा दिएको छ। माघे सङ्क्रान्तिको अवसरमा माघ २ गते आइतबार प्रदेशमा सार्वजनिक बिदा दिइएको हो।

आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले आज सूचना निकालेर प्रदेश सरकारको मन्त्रिपरिषद्को निर्णयअनुसार बिदा दिइएको जनाएको छ।

कमेन्ट लोड गर्नुस